तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीमा सभामुखको निर्वाचन आज

file photo

हेटौंडा । बागमती प्रदेशसभामा दोस्रो कार्यकालको सभामुखको लागि आज निर्वाचन हुँदैछ।

निर्वाचन कार्यतालिका अनुसार आज शुक्रबार बिहान ११ बजेदेखी सभामुख चयनको लागि निर्वाचन हुने छ। प्रदेशसभभाको सभामुखको लागि बिहिबार ३ जनाले उम्मेदवारी दिनुभएको छ ।

सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले उम्मेदवारी दिनुभएको हो ।

कुल ११० सदस्यीय प्रदेशसभामा सभामुखमा निर्वाचित हुनको लागि ५६ मत भए पुग्छ। यहाँ सत्ता गठबन्धनका उम्मेदवार पाठकलाई ७० सांसदको साथ छ।

प्रदेशसभामा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ मत छ।

ससदको सबैभन्दा ठुलो दल अर्थात प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ। नेमकिपाका ३ सांसद प्रदेशसभामा रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button