तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट एक वृद्धाको मृत्यु

पाल्पा । तानसेन अर्गली भित्री सडकको तानसेन १२ लुहुङ्गमा बसको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । 

आज दिउँसो साढे १ बजेको समयमा गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८३६१ नम्बरको बसले सोही बसबाट झरेर हिँड्ने क्रममा तानसेन १२ बौघापोखराथोककी ७७ बर्षीय पुतली बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिकको ठक्करबाट घाइते भई उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेनमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । 

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना वीरेन्द्र थापाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button