एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रोशन बहादुर गाहा मगर मनोनीत हुनुभएको छ ।
नवलपुर निर्वाचन क्षेत्र नं. १ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका मगरलाई एमालेले प्रमुख सचेतक बनाएको हो ।
लगातार दुई पटक प्रदेशसभामा निर्वाचित मगरलाई नेकपा एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री खगराज अधिकारीले प्रमुख सचेतकमा नियुक्ति गर्नुभएको हो ।
मगर यसअघिको पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री बन्ने व्यापक चर्चा भएको थियो भने अहिले खगराज अधिकारी नेतृत्वको प्रदेश सरकारमा पनि मन्त्री बन्ने चर्चा भएको थियो । उहाँ प्रमुख सचेतकमा नियुक्त भएसँगै मन्त्री बन्ने सम्भावना सकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्