तपाईँ सुन्दै हुनुहुन्छः

कलाकार कामेश्वर चौरसिया चलचित्र भूपतिबाट ‘कमब्याक

बारा । करिब दुई वर्षदेखी नेपाली सिनेजगतबाट टाढिएका चर्चित कलाकार कामेश्वर चौरसियाले चलचित्र भूपतिबाट ‘कमब्याक’ गर्नुभएको छ । 

लामो समयपछि सिनेक्षेत्रमा फर्कने क्रममा चौरसिया कलाकार मात्र नभई निर्माताको भूमिकामा समेत देखिने भएका हुन् । थिएटरबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेर चर्चा कमाएका चौरसिया पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढिएका थिए । कलाकारिता क्षेत्रमा स्थापित जस्तै भइसकेका उहाँ कोरोनापछि आफ्नै जन्मभूमि जीतपुर फर्किएका थिए ।

चलचित्र क्षेत्रबाट टाढिएपछि काठमाडौँमा माछा पसल र काठमाडौँबाट जीतपुर आएपछि लुगा पसल सञ्चालन गर्दै आएका कामेश्वर अब पुनः चलचित्र क्षेत्रका लागि काम गर्न हौसिएका छन् । उनले कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सनको ब्यानरमा चलचित्र भूपति निर्माण गर्ने घोषणा गरेका छन् । 

करिब ७५ लाखको लागतमा निर्माण हुन लागेको चलचित्र भूपति २ घण्टा ५ मिनेटको हुने चौरसियाले बताउनुभयो । चलचित्रमा कलाकार चौरसियासहित, सुनिता रसाइली, रियाज आचार्य, प्रदीप ढकाल, घनश्याम गिरि, ईरसाद खान लगायतले अभिनय गर्नेछन् । कलाकार चौरसियाले फागुन महिनाभित्र चलचित्रको छायाङ्कन गर्ने गरी आन्तरिक तयारी तीव्र पारिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button