तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला 

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक पोथी गैँडा मृत फेला परेको छ । 

चितवन राष्ट्रिय निकुञ्जका अनुसार आइतबार बिहान ५ बजेर ४० मिनेटमा अन्दाजी १८ वर्षको गैँडा मृत फेला परेको हो । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेञ्जपोष्टको कार्यक्षेत्रभित्र नारायणी नदीको भंगालोको किनारमा मृत भेटिएको कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । 

उक्त गैँडा बुढो भएर मरेको उहाँको भनाई छ । गैँडाको खाग र खुर सुरक्षित रहेको उहाँले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button