सबै दल र सबै विचार मिलेर मात्र यो देशको निकास हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रुपमा विश्वास गर्न नसकेको भन्नुहुँदै सबै दल र सबै विचार मिलेर मात्र यो देशको निकास हुन सक्ने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा दृढताका साथ उभिने बताउनुभयो
यस अघि बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु भएको थियो ।
बैठकमा सभाका ज्येष्ठ सदस्य जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा पुष्पकमल दाहाल प्रचण्डको नियुक्ति तथा मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु भयो ।
प्रतिनिधि सभाको नियमावली नबनेसम्मका लागि प्रतिनिधि सभा नियमावली , २०७५ बमोजिम कामकारबाही गर्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बोल्ने क्रम जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्