तपाईँ सुन्दै हुनुहुन्छः

सबै पार्टीहरू एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हितका लागि सबै पार्टीहरू एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको अधिवेशन प्रारम्भको अवसरमा बैठकलाई सम्बोधन गर्दै  अध्यक्ष ओलीले मुलुकमा व्याप्त भ्रष्टाचार र  अनियमितताको  अन्त्य गरी सुशासन प्रवद्र्धन गर्नेतर्फ दलहरू लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यो सरकार न्यूनतम साझा कार्यक्रम अनुसार अगाडि बढ्ने भन्नुहुँदै  संविधान र लोकतन्त्रको रक्षाका लागि महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button