बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक प्रधनमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी हुनुहुन्छ ।
बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने विषयका साथै प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्