आठौँ हेटौँडा राष्ट्रिय भेट्रान्स कपको उपाधि एबीसी पोखरालाई
मकवानपुर । आठौँ संस्करणको हेटौँडा राष्ट्रिय भेट्रान्स कप एट “ए” साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि एबीसी पोखरा भेट्रान्सले जितेको छ ।
हेटौँडा–५ स्थित क्याम्पाडाँडा खेल मैदानमा शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै पोखराले उपाधि जितेको हो ।

जितसँगै पोखरा भेट्रान्सले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने, बानेश्वरले नगद ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसअघि मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै पोखराको एबीसी भेट्रान्स समूह बीको विजेता बन्दै र सिमरा भेट्रान्सलाई पराजित गर्दै बानेश्वर भेट्रान्स समूह एको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्