तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु 

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । 

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । 

आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button