तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न परिवारका दुई सय जनालाई कम्बल वितरण

बीरगंज  । जाडो बढेसँगै बीरगंजका विपन्न परिवारका दुई सय जनालाई कम्बल वितरण गरिएको  छ । 

अत्याधिक जाडो र शितलहरका कारण गरिब तथा विपन्न परिवारका व्यक्तिहरू प्रभावित भएपछि स्थानीय प्रशासनको सक्रियतामा विभिन्न सामाजिक संघ संस्थाहरूले आज वीरगंजमा दुई सय थान ब्लाङ्केट तथा कम्बल वितरण गरेका हुन  । 

जाडोका कारण नगर क्षेत्रका अति विपन्न, गर्भवती र सुत्केरी महिला, एकल महिला, अपाङ्गता भएकाहरू व्यक्तिहरूलाई ब्लाङ्केट तथा कम्बल वितरण गरिएको हो ।

संजयसाई सेवा अर्गनाईजेशन नेपाल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, रुगटावेल फेयर सोसाईटीको संयुक्त आयोजनामा नगर क्षेत्रका विभिन्न स्थानमा  १ सय ४० थान ब्लाङ्केट तथा कम्बल वितरण गरिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो । 

त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको उपस्थितिमा ग्रिन सिटी सामुदायिक केन्द्रबाट ६० थान ब्लाङ्केट पनि वितरण गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button