तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टी–ट्वान्टी लिग: लुम्बिनी अल स्टारद्वारा जनकपुर रोयल्स पराजित

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा मङ्गलवार लुम्बिनीले जनकपुरलाई ५ रनले हराएको हो ।

लुम्बिनीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

जनकपुरका लागि सरफुदिन असरफले ३ तथा जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए । लुम्बिनी आठ खेलमा १४ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । जनकपुर आठ खेलमा १० अङ्क सहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button