तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरका ग्रामीण भेगमा फोरजी इन्टरनेट

पाँचथर । डिजिटल प्रविधिको विकास सँगै पाँचथरमा भएको इन्टरनेटको विकासले आम मानिसमा सञ्चारको राम्रो पहुँच पुगेको छ । जिल्लाका ग्रामीण भेगमा पनि , फोरजी इन्टरनेटको व्यवस्था भएकाले त्यस क्षेत्रका नागरिकले सञ्चार सेवालाई सहजै उपयोग गर्न पाएका छन् ।

कुम्मायक गाउँपालिकाकी मौसम सम्बाहाङफे भन्नुहुन्छ, ‘मोबाइल फोनमा फोरजी इन्टरनेट चल्न थालेपछि टिकटक र फेसबुक राम्रो चल्छ । डाटा तानेर टिकटक चलाउन एकदम सजिलो भएको छ ।’ यस्तै हिलिहाङ ७ का उमेश जवेगु पनि फोनमा एन।टि।सि को डाटा प्रयोग गरेरै युट्युब भिडियो ,फेसबुक, भिडियो कल र टिकटक चलाउने गरेको बताउनु हुन्छ ।

‘२०५६ सालमा टेलिफोन बाट समाचार टिपाउनुपर्ने, लामा समाचार फयक्स गरेर पठाउनु पर्ने ,फोटो सँगका फिचर समाचार पठाउनका लागि फोटो धुलाउन बिर्तामोड पठाउनु पर्ने ,फोटो आएपछि हुलाकबाट पठाउने गरेको पत्रकार लक्ष्मी गौतमको अनुभव छ । जिल्लाका सञ्चारकर्मीहरूले विगतमा समाचार पठाउन धेरै कठिनाइ भएपनी अहिले सञ्चार सेवाले गर्दा सहज भएको छ ।अहिले जिल्लाका जुनसुकै ठाउँबाट फोन बाटै फोटो खिचेर फोटो ,समाचार , भिडियो मेल गर्न सकिने पत्रकार गौतमको भनाई छ ।

जिल्लामा सूचना र प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोग बढ्दै गएपनी यसको गुणस्तर तथा क्षमतालाई बढाउनु पर्ने नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा अध्यक्ष गिरिराज बाँस्कोटा बताउनुहुन्छ ।

पाँचथरमा विगत वर्षहरूमा कपर सेवाबाट सञ्चालन भएको इन्टरनेट अहिले अपटिकल फाइबर सञ्चालन भएकोले राम्रो रहेको नेपाल टेलिकम पाँचथरका कार्यालय प्रमुख विरेन्द्र चेम्जोङले जानकारी दिनुभयो । गाँउमा वाइमेक्स चलेको ठाउँमा फोरजी डिभाइस दिएको र पहिले वाइमेक्स नचलाएको ठाउँमा पनि फोरजी सेवा रहेको , सकेसम्म ग्राहकलाई छिटो ,छरितो र भरपर्दो सेवा दिन प्रयास गरेको चेम्जोङ बताउनु हुन्छ । दूर सञ्चार कार्यालय पाँचथरले मोबाइलबाटै ग्राहकहरूको गुनासो लिएर सोही दिन मर्मत संहार गर्ने गरेको छ ।

नेपाल सरकारले प्रत्येक वडामा अनलाइन अनिवार्य गरेको हुँदा भौगोलिक रुपमा बिकट क्षेत्रमा इन्टरनेटको गुणस्तरीय सेवा पु¥याउन भने चुनैति पूर्ण छ । मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गको काम सम्पन्न भइसकेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवाग्राहीलाई सुविधा प्रदान गर्न थालेपछि यहाँका धेरै जसो नागरिकले सहज तरिकाले इन्टरनेट चलाउँदै आएका छन् । प्रविधिमा भएको विकास र मोबाइलको विस्तारले पनि इन्टरनेटको पहुँचमा वृद्धि हुँदै गएको हो । टेलिकम कम्पनीले ग्राहकलाई आकर्षण गर्न ल्याएका विभिन्न डाटा प्याक अफरले सस्तो दरमा इन्टरनेट चलाउन पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button