तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुर रोयल्सद्वारा फार वेस्ट युनाईटेड पराजित

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई जनकपुर रोयल्सले पराजित गरेको छ ।

टियु मैदानमा सोमबार भएको खेलमा जनकपुरले फार वेस्टलाई ८२ रनले हराएको हो । सात खेलमा पाँच जित र दुई हारसहित जनकपुर १० अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

छ खेलमा एक जित हात पारेको फार वेस्ट २ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ । यही संस्करणको पहिलो भेटमा फार वेस्ट जनकपुरसँग पराजित भएको थियो ।

अर्को खेलमा पोखरा एभेन्जर्सले तेस्रो जित दर्ता गरेको छ । तेस्रो जित दर्ता गर्ने क्रममा पोखराले काठमाडौँ नाइट्सलाई ५ विकेटले हरायो ।

१६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्‍यो । त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६४ रन बनायो । तेस्रो जितसँगै पोखराले छ अङ्क जोडेको छ । काठमाडौँले पनि छ खेलमा तीन खेल मात्रै जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button