तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो ।

आज दुई वटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिनुभयो । 

दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्नुहुनेछ ।

यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

यो अधिवेशनपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्नेछ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button