तपाईँ सुन्दै हुनुहुन्छः

सुनसान देखिने नाढी ताल नयाँ वर्षको दिनमा पर्यटकले भरिभराउ

सर्लाही । बिगत ५ वर्षदेखि सुनसान देखिने सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढीमन तालमा आज पर्यटकहरूको भिड लागेको छ ।

Exif_JPEG_420

नाढी ताल अङ्ग्रेजी नयाँ वर्ष २०२३को अवसरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भिडले खचाखच भरिएको छ । केही वर्ष पहिला व्यवस्थित रहेको तालमा नयाँ वर्ष बाहेकका दिनमा पनि पर्यटकहरूको भिड लाग्ने गरेको थियो ।

सुनसान देखिने तालको डिलमा भारतीय तथा आन्तरिक पर्यटक तालको डिलमा रमाइरहेका दृश्य निकै देखिए । पर्यटकहरू दिनहुँ आए चन्द्रनगर गाउँपालिकाको मुहार फेरिने स्थानीय सुरेन्द्र महतोले बताउनुभयो ।

Exif_JPEG_420

भारतको बिहार जिल्ला सितामढी बस्ने उदय पटेलले यो ताल एकदम रमणीय भएको बताउनुभयो ।

ग्रामीण भेगमा ताल भए पनि सुविधा सम्पन्न भएकोले वर्षौंवर्ष यो यात्रालाई सम्झने अर्का भारतीय नागरिक चन्द्रशेखर यादवको भनाइ छ ।

Exif_JPEG_420

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफूले नाढीमन तालको विकासको लागि हर सम्भव प्रयास गरिरहेको बताउनुभयो । उहाँले वर्षौंदेखिको जीर्ण बाटो मर्मत गरी सुचारु गराएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button