जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा यादव चयन

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेताका नेतामा महेश प्रसाद यादवलाई चयन हुनुभएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी निर्वाचन क्षेत्र नं.२ (ख) बाट निर्वाचित यादवलाई दलका नेतामा चयन गर्नुभएको हो ।
यस्तै, प्रमुख सचेतकमा चन्दन कुमार सिंह, सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरीलाई चयन गरिएको हो ।
पुस ५ गते जनकपुरमा बसेको जनमतको संसदीय दलको बैठकले अध्यक्ष डा.राउतलाई दलको नेता र सचेतक चयन गर्ने जिम्मेवारी दिएपछि दलको नेता सहितको पदमा विभिन्न व्यक्तिहरूलाई चयन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्