प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुभएको छ । शनिबार बिहान बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले प्रचण्डसँग छलफल गर्नु भएको हो । प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे समेत छलफल गर्नुभएको छ। उहाँहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको बताईन्छ।








प्रतिक्रिया राख्नुहोस्