तनहुँमा जिल्लाव्यापी बृहत विज्ञान प्रर्दशनी सम्पन्न

तनहुँ । आदिकवि भानुभक्त क्याम्पस विज्ञान क्लबको आयोजनामा शुक्रबार एक दिने जिल्लाव्यापी बृहत विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । विज्ञान र प्रविधिको महत्व दर्साउन जिल्लाव्यापी बृहत विज्ञान प्रर्दशनी गरेको आयोजक संस्थाले जनाएको छ ।
प्रदर्शनीमा निर्मल मावि प्रथम भएको छ । त्यस्तै राधा मावि दोस्रो, आदिकवी भानुभक्त क्याम्पस तेस्रो र मिन मावि र सत्यवती मावि सान्त्वना भएका छन् ।
उक्त प्रर्दशनीमा प्रथम हुने समुहले ३० हजार, दोस्रो हुने समुहले २० हजार, तेस्रो हुने समुहको १० हजार र सान्त्वना हुने दुई वटा समुहले पाँच पाँच हजार पुरस्कार पाएका छन् ।

विज्ञान र प्रविधिको विकासमा देशलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पुर्याउने हेतुले तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको प्राङ्गणमा एक दिने जिल्लाव्यापी बृहत विज्ञान प्रदर्शनी आयोजना गरिएको विज्ञान क्लबकी अध्यक्ष श्रद्धा खनालले जानकारी दिनुभयो ।

क्लबकी अध्यक्ष खनालले विज्ञानका सिद्धान्तहरुलाई प्रयोगद्वारा प्रमाणित गर्न र बिद्यार्थीको अन्तर्निहित क्षमता प्रस्फुटन गर्दै वैज्ञानिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ विज्ञान प्रर्दशनी गरेको उहाँले बताउनुभयो ।
’सिकाई सैद्धान्तिक मात्र नभई प्रयोगात्मक हुनुपर्छ’ अध्यक्ष खनालले भन्नुभयो ’ “गरेर र सिक“ भन्ने भनाईलाई पालना गर्दै अन्तर्निहित क्षमतालाई प्रस्फुटन गरी स्थानीय शैक्षिक सामाग्रीलाई प्रयोगमा ल्याई सिकाई बैज्ञानिक ढङ्गबाट सिक्दा उपयुक्त हुन्छ ।’

जिल्लाका ३२ वटा सामुदायिक तथा नीजि बिद्यालय सहभागी भएको अध्यक्ष खनालले बताउनुभयो । एउटा समुहमा तीन जना विद्यार्थीले आ –आफ्नो समुहले निर्माण गरेको विज्ञान सामग्री प्रस्तुत गरेका थिए ।
उक्त विज्ञान प्रदर्शनी विद्यार्थी र अभिभावक गरी करिव १२ सय जनाले अवलोकन गरेको अध्यक्ष खनालले बताउनुभयो ।
तनहुँ जिल्ल्लाका सम्पूर्ण बिद्यालयका सम्पुर्ण बिद्यार्थी बीच आत्मियता बढाउनसमेत उक्त कार्यक्रमले सहयोग पुर्याउएको आयोजकले जनाएको छ ।
उक्त प्रदर्शनीको प्रमुख अतिथि गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ रहनुभएको थियो । विज्ञान शिक्षा बारेमा प्रचार गर्न समेत उक्त प्रर्दशनीले सहयोग पुगेको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हडखलेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्