नेपाली काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित

जनकपुरधाम । नेपाली काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्ण प्रसाद यादव निर्वाचित हुनु भएको छ ।
संसदीय दलको नेताका लागि आज भएको चुनावमा कृष्णप्रसाद यादवले १८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत प्राप्त गर्नु भएको छ ।
नेपाली काँग्रेसका संस्थापन पक्षका तर्फबाट उम्मेदवार बनेका पार्टीका प्रदेश सभापति समेत रहनु भएका यादव रौतहट जिल्लाको निर्वाचन क्षेत्र नंं १ को ख वाट प्रदेश सभामा निर्वाचित हुनु भएको छ । यसै गरि धनुषाका निर्वाचन क्षेत्र नंं ३ को क वाट रामसरोज यादव निर्वाचित हुनु भएका प्रदेश सभाका सदस्य रहनु भएको छ ।

मधेश प्रदेश सभामा नेपाली काँग्रेसका २२ जना प्रदेश सभा सदस्य रहेका छन् । मधेश प्रदेशमा नेपाली काँग्रेस दोस्रो ठूलो दलको रुपमा रहेको छ । यस अघि पार्टीको मधेश प्रदेशको निर्वाचनमा पनि कृष्ण कुमार यादवले रामसरोज यादवलाई पराजित गर्दै प्रदेश सभाको सभापतिमा विजयी हुनु भएको थियो ।
नेपाली काँग्रेसको संसदीय दलका नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएकोमा सुरुमा सहमति गर्न खोज्दा सहमति नभएपछि निर्वाचनबाट निर्णय भएको पार्टीका प्रदेश उपसभापति एवं निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्