तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा यादवद्वयको उम्मेदवारी

जनकपुर । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिनुभयो । 

बिहान ९ देखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताउनुभयो । मधेश प्रदेश सभामा २२ सदस्यसहित कांग्रेस दोस्रो ठूलो दल हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button