तपाईँ सुन्दै हुनुहुन्छः

निवर्तमान प्रधानमन्त्री देउवाले छोड्नुभयो सरकारी निवास

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटारस्थित सरकारी निवासबाट सर्नुभएको हो ।

बुढानीलकण्ठस्थित निजी निवास हाल मर्मत भइरहेकाले उहाँ धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । 

उहाँ २०७८ साल असार २८ गते पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button