तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता साझेदार दलको बैठक सम्पन्न : सानो आकारको मन्त्रिमण्डल गठन गर्ने

काठमाडौँ । नयाँ मन्त्रीमण्डल गठनका विषयमा छलफल गर्न बसेको सत्ता साझेदार दलको बैठक सकिएको छ । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर बसेको सत्ता साझेदार दलको बैठकले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने निर्णय गरेको छ । 

जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीका उपाध्यक्ष अब्दुल खाँलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने सहमति भएको बताउनुभयो । 

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय आफ्नो दाबी रहेको प्रतिक्रिया दिनुभयो । 

उहाँले मन्त्रिमण्डल गठनको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिइएको पनि जानकारी दिनुभयो । 

नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूले आजै शपथ लिने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button