तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा भीषण हिउँदे आँधी र अत्यधिक चिसोका कारण कम्तीमा १२ जनाको मृत्यु 

काठमाडौं । संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी र अत्यधिक चिसोका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० करोड भन्दा बढी जनता प्रभावित भएका छन् । 

हिउँदे आँधीका कारण १५ लाख जनताहरूको घरमा विद्युत् सेवा अवरुद्ध  भएको र हिजो एक दिनमै सयौँ उडान रद्द भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ । 

अमेरिकाको उत्तरमा रहेको क्यानडाको ओन्टारियो र कुबेक प्रान्तमा पनि अत्यधिक चिसो र हिउँदे आँधीका कारण जनजिवन प्रभावित भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button