सप्तरीमा बाक्लो कुहिरोसँगै शितलहर सुरु

सप्तरी । सप्तरी जिल्ला आज बिहानदेखि बाक्लो कुहिरोसँगै शितलहर सुरु भएपछि जनजीवन प्रभावित भएको छ ।
जाडोका कारण बजारमा सर्वसाधारणको चहलपहल कम देखिएको छ । चिसो बढेपछि जिल्लाको मुख्य चोकमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।
बाक्लो कुहिरो तथा चिसो बढेपछि मजदूर, विपन्न तथा खुल्ला आकाश मुनी काम गर्ने मजदुरहरू प्रभावित बनेका छन् ।

बिहानदेखि तापक्रम निक्कै तल झरेका कारणले गरिब तथा विपन्न वर्गका व्यक्तिहरू बढी मारमा परेका छन् । अत्यधिक चिसोका कारण बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित हुने गरेका छन् । बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा यातायात सञ्चालनमा समेत समस्या भएको छ ।









प्रतिक्रिया राख्नुहोस्