पिकअप भ्यानले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
चितवन । चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई हाल राप्ती नगरपालिका वडा नम्बर २ बस्ने अब्दुल मसिनको ८÷९ बर्षीय छोरा महमद एकलास रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान पौने ७ बजे राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलि स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट नारायणघाट तर्फ आउँदै गरेको प्र.२–०३–००१ च १७९२ नं. को महेन्द्र पिकअपले एकलासलाई ठक्कर दिएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा बिहान ८ बजेर ८ मा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने पिकअप चालक बारा जितपुर ७ बस्ने बर्ष २७÷२८ को दिपेन्द्र झालाई प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्