तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडाैं । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २६–२४ ले पराजित भयो भने दोस्रो सेटमा २५–२२ ले पराजित भयो ।

त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २५–२१ ले गुमायो । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ ।

नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button