तपाईँ सुन्दै हुनुहुन्छः

‘न्यायालयप्रति नागरिकको विश्वास बढाउन जरुरी’

काठमाडौँ । छिटो छरितो न्याय सम्पादनका लागि सरोकारवालाहरुले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग उपलब्ध गराउने तत्परता जनाएका छन् । 

उच्च अदालत पाटन हेटौँडा इजलासको आयोजनामा आज बसेको न्याय क्षेत्र समन्वय समितिको बैठकमा सहभागी सरोकारवालाहरुले न्याय सम्पादनलाई छिटो छरितो बनाएर जनतालाई न्यायको प्रत्याभूति दिने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् । 

न्याय सम्पादनमा ढिलाइ हुनु भनेको न्याय नदिनुसरह भएकाले न्याय सम्पादनलाई छिटो छरितो बनाएर न्यायालय प्रति नागरिकको विश्वास बढाउन जरुरी रहेको पनि बैठकमा सरोकारवालाहरुले जोड दिनुभयो ।

समितिको बैठकमा उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश हरू, रजिस्ट्रार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, उच्च प्रहरी अधिकृतहरू, मुख्य न्यायाधिवक्ता, सहनायाधिवक्ता, मालपोत प्रमुख, नापी प्रमुख, बार अध्यक्ष, वन कार्यालयका जिल्ला प्रमुख लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बैठक उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमानको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button