तपाईँ सुन्दै हुनुहुन्छः

हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल दोहो¥याएर आरोहण गरेका विश्वको प्रथम आरोहीको रुपमा कीर्तिमान राख्न सफल सानु शेर्पालाई सम्मान गरेको छ ।

सङ्खुवासभा, मकालु गाउँपालिकाका शेर्पाको साहसिक आरोहणले नेपाललाई विश्वसामु चिनाएको भन्दै आज यहाँ आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गर्नुभयो । उहाँलाई कदरस्वरुप मन्त्री श्रेष्ठले आफूले पाउने एक महिनाको पारिश्रमिक ९रु सत्तरी हजार सात सय ३० ० सहित सम्मान गर्नुभएको हो ।  

त्यस अवसरमा मन्त्री श्रेष्ठले शेर्पाको कार्य वर्तमान आरोही पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।  साथै विश्वमा नेपालको पर्वतीय पर्यटन प्रबद्र्धनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

मन्त्रालयले ४३औँ विश्व पर्यटन दिवसको अवसरमा गत असोज ११ गते पनि आरोही शेर्पालाई सम्मान गरेको थियो । 

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नूरु शेर्पाले नेपाली आमसञ्चार माध्यमले पर्वतारोहणको विषयलाई कम प्राथमिकता दिने गरेको गुनासो गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button