तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेसले जनाएको छ । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ ।

आज दिउँसो ३ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button