तपाईँ सुन्दै हुनुहुन्छः

विदुर ढल निर्माण तथा प्रशोधन आयोजना सुरु

त्रिशूली। नुवाकोटको विदुर नगरपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’को काम सुरु भएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको विदुरका नगरप्रमुख राजन श्रेष्ठले आज शुभारम्भ गर्नुभयो । नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धीकरण गर्न महत्त्वका रुपमा लिइएको आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

“अहिले निर्धारण गरिएको क्षेत्राधिकार बढाएर तोकिएका वडाहरू २, ४, ५ र ६ नं को बढी जनघनत्व भएको क्षेत्र र केही वडा थप गर्न पहल गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “एकीकृत गरिने ढललाई शुद्धीकरण गर्न बनाइने ‘प्रशोधन केन्द्र’ निर्माण गन अब दोस्रो चरणको ठेक्का चाँडै लगाउन आयोजनाको कार्यालयलाई सहज बनाउनेछौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button