तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी धनुषाद्वारा श्रोत नखुलेका २४ लाख भन्दा बढी पक्राउ 

जनकपुरधाम । धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकम सहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ परेको छ । 

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनीं जिल्ला मंगपट्टी वडा नंं १ मन्दिर, विशौल बस्ने वर्ष २३ उमेश कुमार रहेको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।

धनुषाको बिदेह नगरपालिका वडा नंं ९ इटहर्वा स्थित सीमा इलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्याङ्की भित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । 

यस्तै सशस्त्र प्रहरीले मोटरसाइकलको दुई लाख मूल्याङ्कन गरी रुपैयाँ र पक्राउ परेका युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाएको सशस्त्र प्रहरी बल धनुषाको मुख्यालयले जनकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button