जाजरकोटमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिकामा भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा जीप सडकबाट करिब ३ सय मिटर तल खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये ७ जना जाजरकोटको छेडागाड नगरपालिका र ३ जना दैलेखको भगवतीमाई गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा छेडागाड नगरपालिका ५ का रामबहादुर बुढा, दिपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, नैनसरा अधिकारी, जयकुँवरा बुढा, र छेडागाड ६ का वीरबहादुर खत्री रहको प्रहरीले जनाएको छ ।
यस्तै दैलेखको भगवतीमाई गाउँपालिका २ का मानबहादुर राउत, वडा नम्बर ३ का वीरेन्द्र केसी र अम्मरबहादुर खड्काको पनि घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते छेडागाड ५ का जयमान अधिकारी र निशा अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
दैलेखबाट जाजरकोट गएको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्