तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिका नकआउट चरणमा

काठमाडौं । अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको अन्तिम खेलमा अमेरिकाले इरानलाई १-० ले पराजित गरेको हो।

यो जितसँगै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। महत्त्वपूर्ण खेलमा अमेरिकाको जितका लागि निर्णायक गोल खेलको ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गरे।

यो जितसँगै समूह ‘बी’को उपविजेता बन्दै अमेरिका नकआउट चरण प्रवेश गरेको हो। तीन खेल खेलेको अमेरिकाले पाँच अंक जोडेको छ।

प्रतियोगिताबाट बाहिरिएको इरानले भने तीन अंक मात्र बनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button