तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी आयोजनाको अनुरोध : पानीको बहाव घटबढ हुनेहुँदा सर्तक रहनुहोस्

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारमा बस्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारबाट सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदिमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सुरुङ प्रवेश मार्गहरू सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

गत जेठको दोस्रो साता देखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारबाट सुरु गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button