तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूलाई प्रमाण पत्र वितरण

भोजपुर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले प्रमाण पत्र वितरण गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभातर्फ विजयी माओवादी केन्द्रका सुदन किराँती, प्रदेशसभा १ बाट विजयी एकीकृत समाजवादीका नेता तथा प्रदेश नम्बर १ का निवर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेशसभा २ मा विजयी कांग्रेस सभापति विनोद बान्तवालाई प्रमाण पत्र वितरण गरेको हो ।

भोजपुरका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपाने संघ तथा प्रदेशसभामा विजयी तीनै जनालाई औपचारिक रुपमा विजयी घोषणा गर्दै प्रमाण पत्र वितरण गर्नुभएको हो ।

कार्यक्रममा निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुले जनताले राखेको विकास र समृद्धिको आशा अनुसार आफूहरूले काम गर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button