प्रतिनिधिसभा हुम्लामा माओवादी केन्द्रका लामा विजयी
सिमकोट । हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित हुनुभएको छ ।
लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित हुनुभएको हने ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित हुनुभएको छ ।
उहाँहरुबीच चार हजार आठ सय ५५ मतको मतान्तर रहेको छ । यस्तै राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै बदर मत सङ्ख्या पाँच सय २४ थियो । हुम्लामा दुईवटै प्रदेश र प्रतिनिधिसभा सदस्यमा गठबन्धन विजयी भएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्