तपाईँ सुन्दै हुनुहुन्छः

रसुवामा मतगणनाको तयारी

रसुवा । रसुवा जिल्लामा पनि मतगणनाको तयारी गरिएको छ । रसुवा जिल्लाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउँदै गरिएको र सो मतपेटिका आएपछि गणना सुरु हुने जानकारी दिनुभयो ।

लाङटाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सम्भव नभएपछि पैदलै ल्याउन थालिएको र आज साँझसम्म ल्याएर गणना सुरु गरिने उहाँले बताउनुभयो ।

सर्वदलीय बैठक सम्पन्न भइसकेकाले मतपेटिका आउने बित्तिकै गणना सुरु गर्ने तयारी गरिएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न दलका सात र स्वतन्त्रतर्फ तीन गरी दश उम्मेदवार छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button