तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङका दुवै क्षेत्रमा मतगणना शुरु

बागलुङ । बागलुङ क्षेत्र १ र २ को मतगणना शुरु भएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीको निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नं. १ र शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलको निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नं. २ को मतगणना अपराह्न साँढे ४ बजे मात्र सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समितिको भवन बागलुङमा क्षेत्र नं. १ र निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा क्षेत्र नं. २ को मतगणना भइरहेको छ ।

आइतबारको निर्वाचनमा बागलुङमा ५४ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिनुभयो ।

जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button