तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी-४ मा मतगणना सुरु

सुनसरी । सुनसरीका चार वटा निर्वाचन क्षेत्रहरूमध्ये सुनसरी ४ मा मतगणना सुरु भएको छ । सुनसरीको इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा सुनसरी-४ को प्रत्यक्ष र समानुपातिकतर्फ मतगणना सुरु भएको हो ।

सुनसरी-४ मा ३२ वटा वडाहरू रहेकोमा कोसी गाउँपालिका-८ बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज बिहान सम्पन्न सर्वदलीय बैठकले वडाबाट मतगणना सुरु गर्ने निर्णय भएकोले सोही अनुसार कार्यान्वयन गरेको सुनसरी-४ का मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । सुरक्षाकर्मी र सिसिटिभीको निगरानीमा मतगणना भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

यस क्षेत्रमा नेपाली काङ्ग्रेस सहितको लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमाले-जसपा गठबन्धनका तर्फबाट नेकपा एमालेबाट जगदीश कुसियैतबिच मुख्य प्रतिस्पर्धा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button