तपाईँ सुन्दै हुनुहुन्छः

बुथ क्याप्चर गरेको भन्दै पुन मतदानको माग

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको छ ।

क्षेत्र नं. २ चापाकोट नगरपालिकाको दिसिङकोट आधारभूत विद्यालय कमेरे, राम मन्दिर मावि दार्सिङ, दिन दयालु आधारभूत विद्यालय र जनसक्रिय आधारभूत विद्यालय चिदिपोखरी मतदान केन्द्रहरूमा बुथ क्याप्चर गरी लोकतन्त्रको उपहास गरेको भन्दै पुनः मतदानको माग गर्दै आज पत्रकार सम्मेलन गरिएको छ ।

नेकपा एमालेको प्रतिनिधि सभा उम्मेदवार पदमा अर्याल, प्रदेश सभा उम्मेदवार बुद्धिमान श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार टिकराज गुरुङ लगायत अन्य पार्टीका उम्मेदवारले यस घटनाले लोकतन्त्रको धज्जी उठाएको भन्दै पुनः मतदानको माग गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button