बैतडी जीप दुर्घटना ४ जनाको मृत्यु, घाइते ४जनालाई हेलिकप्टरबाट नेपालगंज लगियो

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकेन्द्र बहादुर थापा मगर, रमेश साउँद र सहायक हवल्दार अर्जुन कठायत रहेका छन् भने, एक जनाको शव दुर्घटनाग्रस्त जिपमुनी रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।
दुर्घटनामा घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ ।
६ जना घाइतेहरूको परिचय खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
दुर्घटनामा परेका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए । उनीहरूलाई निर्वाचनका लागि बैतडी खटाएको थियो । जिपमा १२जना प्रहरी सवार रहेको बुझिएको छ ।
से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको हो ।
घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्