तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा ५३ प्रतिशत मत खस्यो

पाँचथर । पाँचथरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ५३.९१ प्रतिशत मत खसेको छ ।

जिल्लाका १ लाख ३८ हजार ९ सय ३२ मतदातामध्ये ७४ हजार ८ सय ९८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका १ सय ७७ वटै केन्द्रमा निर्धारित समयमै मतदान सम्पन्न भएको छ ।

मतदान स्थलबाट सदरमुकाम फिदिमतर्फ मतपेटिका ल्याइने काम भइरहेको निर्वाचन अधिकृत कुमार प्रसाद भट्टराईले जानकारी दिनुभयो । जिल्ला स्थित समन्वय समितिको कभर्ड हलमा मतगणना हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button