बाजुरामा विवाद
बाजुरा । बाजुराका विभिन्न मतदान केन्द्रहरूमा विवाद भएको छ ।
जिल्लाको बुढीगंगा नगरपालिका–१ धुरालसैन मतदान केन्द्रमा विवाद भएको छ । त्यस्तै बुढीनन्दा नगरपालिका–५, खप्तड–४, बडीमालिका–५ मनामा झडप भएको छ भने, बडीमालिका–८ मा सामान्य विवाद भएको छ ।
झडपमा बुढीगंगा नगरपालिका ८ मा झडपमा मेयर राम बानियालाई चोट लागेको जनाइएको छ । त्यस्तै स्वामिकार्तिक १ मा समानुपातिकको मत पेटिकामा आगो देखिएको थियो मतपेटिका भने सुरक्षित नै रहेको छ ।
सबै मतदान केन्द्रमा केहिवेर मतदान स्थगित भए पनि अहिले सबै ठाउँमा पुनः मतदान भइरहेको छ ।अहिलेसम्म जिल्लाभर ४५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकारी नवराज अवस्थिले बताउनु भयो।
बाजुरामा कुल ८३ हजार ५६७ मतदाताहरू रहेको छन् ।







प्रतिक्रिया राख्नुहोस्