इलाम कारागारका कैदीबन्दी मतदानमा सहभागी

इलाम । इलाम कारागारमा रहेका कैदीबन्दी मतदानमा सहभागी भएका छन् ।
इलाम कारागारमा २ सय ८० जना मध्ये ६१ जनाले मतदान गर्न पाउने छन् ।

इलाम कारागारस्थित अस्थायी मतदाता नामावलीमा नाम भएका कैदीबन्दी र सुरक्षाकर्मी १ सयजनाले मतदान गर्दै छन् । यो समाचार तयार पार्दा सम्म ५२ जनाले मतदान गरी सकेका छन् ।

अस्थायी मतदाता नामावलीमा नाम भएकाले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय इलामले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्