देखिएन मतदानस्थलमा मतदाता
चौतारा । विहान ७ बजेबाट नै मतदान प्रक्रिया सुरु भए पनिसिन्धुपाल्चोक जिल्लाका अधिकाँस मतदान स्थलमा मतदाताहरुको उपस्थिति न्यून देखिएको छ ।
यसअघिका अधिकाँश निर्वाचनमा खासगरी विहानी समयमा मतदान स्थलमा मतदाताहरुको उपस्थिति बाक्लै हुने गरेता पनि आज हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भने मतदाताहरुको संख्यामा न्यून देखिएको हो ।
अहिलेसम्म जिल्लाभर भोटेनाम्लाङ केन्द्रमा सबैभन्दा बढी ३४३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
तुलानात्मकरुपमा अघिल्ला निर्वाचनमा भन्दा आजको निर्वाचनमा विहानीको समयमा कम मत खसेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनु भयो । विहानीको समय चिसो भएको कारणले मतदाताहरु
मध्याह्नको समय आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्