तपाईँ सुन्दै हुनुहुन्छः

विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गरौँ: प्रमुख आयुक्त थपलिया

काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी, लोकन्थली मतदान केन्द्रबाट मतदान गर्नुभएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । देशभरका १०, ८९२ मतदानस्थलका २२,२२७ मतदान केन्द्रबाट मतदान कार्य आरम्भ भइसकेको पनि उहाँले जोड्नुभयो ।

प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिबाट प्रारम्भ गर्‍यौँ । हामीले दिन खोजेको सन्देश के हो भने, मतदान केन्द्रलाई आयोगले यो पल्ट अपाङ्गतामैत्री बनाउने प्रयास गरेको छ, स्थानीय तहको निर्वाचनको अनुभवले पनि यो सिकाएको छ । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, काखे बच्च भएकालाई मतदानमा सहजीकरण गरिदिनुहोस् ।”

आफ्ना परिवारका चार जना सबै सदस्य मतदानमा सहभागी भएको भन्नुहुँदै उहाँले हिमाली जिल्लाहरूमा ठ्याक्कै ७ बजे मतदान कार्य प्रारम्भ हुन नसकेपनि केही समयपछि मतदान कार्य सुरु हुने बताउनुभयो । उहाँले देशैभरमा शान्तपूर्ण मतदान कार्य हुने कुरा जोड्नुभयो ।

स्थानीय तहको निर्वाचनको तथ्याङ्क अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button