मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ९, सरदपुर प्राविधिक विद्यालयको मतदान स्थलमा मतदान केन्द्रमा गरिएको तयारी । तस्बिरः नारायण अधिकारी/रासस
निर्वाचनको तयारीमा कर्मचारी
मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि शनिबार भरतपुर महानगरपालिका वडा नं १० मा रहेको भरतपुर माध्यामिक विद्यालयको मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्दै कर्मचारी । तस्बिरः नारायण अधिकारी÷रासस
मतदानस्थल निर्माण गरिँदै
भोली मङ्सिर ४ गत हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिका–८ स्थित राम आधारभुत विद्यालयमा मतदानस्थल निर्माण गरिँदै । तस्बिर: कृष्ण दवाडी÷रासस
मतदान केन्द्र निर्माण गरिँदै
आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन– २०७९ को लागि मोरङ क्षेत्र नं ५ मा पर्ने विराटनगर–१३ स्थित बाल विकास विद्यालय रानीमा शनिबार बुथ निर्माण गरिँदै । तस्बिर ः मनोज दाहाल ÷रासस
मतदान केन्द्र निर्माणको तयारी
रुकुम पश्चिम मुसीकोट नगरपालिका–१३ मा रहेको महेन्द्र माध्यामिक विद्यालयमा मतदान केन्द्र निर्माण गर्दै केन्द्रमा खटिएका कर्मचारी । तस्बिर: परिचन्द्र खत्री÷रासस
सुरक्षाका लागि तयारी गर्दै सुरक्षाकर्मी
मङ्सिर ४ गते हुने आमनिर्वाचनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले चुनावी सुरक्षाका लागि तयारी अवस्थामा रहेको जनशक्ति । चुनावी सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गर्न सबै तयारी पूरा भएको गणपति विमल डाँगीले बताउनुभयो । तस्बिरः सुरेश आचार्य÷रासस
सुरक्षाका लागि तयारी गर्दै सुरक्षाकर्मी
मङ्सिर ४ गते हुने आमनिर्वाचनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले चुनावी सुरक्षाका लागि तयारी अवस्थामा रहेको जनशक्ति । चुनावी सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गर्न सबै तयारी पूरा भएको गणपति विमल डाँगीले बताउनुभयो । तस्बिरः सुरेश आचार्य÷रासस
सर्वदलीय बैठक
आमनिर्वाचन–२०७९ का अवसरमा घोराही– १५ को पद्मोदय पब्लिक नमुना मावि निर्वाचन केन्द्रमा सबै राजनीतिक दलका प्रतिनिधि बीचमा शुक्रबार सर्वदलीय बैठक बस्दै । तस्बिर ः रञ्जिता अधिकारी÷रासस
मतदान केन्द्र निरीक्षण गरिँदै
आसत्र निर्वाचनमा मोरङ क्षेत्र नं ६ ‘ख’ को विराटनगर–६ स्थित शिक्षा सदन मतदानस्थलको शुक्रबार निरीक्षण एवं अनुगमन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक बासुदेव सिग्देल लगायत । तस्बिर ः मनोज दाहाल ÷रासस
प्रतिक्रिया राख्नुहोस्