तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुरका पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ । ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता ललितपुरका खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ ।

विभिन्न १९ खेलका स्वर्ण, रजत र कास्य पदक विजेता गरी जम्मा ७३ जनालाई सम्मान गरिएको हो । ललितपुरका खेलाडीले २० स्वर्ण, ३१ रजत र २२ कास्य पदक जितेका थिए । स्वर्ण पदक जित्नेलाई पाँच हजार, रजतलाई तीन हजार र कांस्यलाई दुई हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर क्षेत्र नं २ (२) का नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन लगायतले खेलाडीलाई सम्मान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button