तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाका उम्मेदवार घरदैलामा व्यस्त

रसुवा I विगतका निर्वाचनका समयमा आमसभामार्फत मत माग्ने उम्मेदवार तथा नेता पछिल्लो समय घरदैलोमार्फत आ–आफ्ना पक्षमा मत माग्न व्यस्त छन् ।

नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० सहित गठबन्धन एवं नेकपा ९एमाले०, केही स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रमलाई व्यस्त बनाएका छन् । यहाँ प्रतिनिधिसभा सदस्यका लागि सात राजनीतिक दलले उम्मेदवारी दिएका छन् । 

जिल्लामा सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएकोे छ । सत्ता गठबन्धनले जनतामाझ नौकुण्डको पानी गाउँ–गाउँमा पु¥याउने, स्याउबारीबाट गोसाइँकुण्डसम्म मोटरबाटो निर्माण गर्ने, रसुवागढी नाका तथा रसुवामा सञ्चालित हाइड्रोपावरलाई व्यवस्थापन गराउने र शिक्षाको क्षेत्रमा गुणस्तर बढाउने प्रतिबद्धता जारी गरेको छ । 

कांग्रेस जिल्ला सभापति पेम्बाछिरिङ तामाङले जिल्लाका स्वास्थ्य क्षेत्रलाई सुधार गरी उपचारको उचित व्यवस्थापन गराउने, रोजगारीका अवसर सिर्जना गर्ने, गाउँ–टोल, बस्ती–बस्तीमा मोटरबाटो पु¥याई समृद्ध रसुवा निर्माण, हिमाली क्षेत्रमा अर्ग्यानिक कृषि उपज बढाउनेजस्ता समग्र विकासलाई पहिलो एजेन्डामा प्रस्तुत गरिएको जानकारी दिनुभयो । 

 एमालेले  गाउँ समाजमा बस्ने दीर्घ रोगीलाई निःशुल्क उपचार सेवा दिने, पाँचवटै गाउँपालिकामा सुविधायुक्त अस्पताल निर्माण गराउने, निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाएको छ । एमाले जिल्ला अध्यक्ष कर्नेल तामाङले आफ्नो दलको संसद्मार्फत रकम निकासा गराई विसं २०७० देखि २०७४ सम्म निर्माण गराइएको सबै सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने, सडक सञ्जालले नछोएका स्थानमा फराकिलो सडक निर्माण गर्ने, गोसाइँकुण्ड केबुलकार निर्माणका लागि कार्यविधि पारित गराउने, युवा रोजगारजस्ता समग्र गतिविधि अगाडि बढाउने एजेण्डा लिएको जानकारी दिनुभयो ।

 प्रतिनिधिसभा सदस्य पदका गठबन्धनबाट उत्तरगया गाउँपालिका–५ लहरेका मोहन आचार्य र एमालेका तर्फबाट गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका छोवाङतेन्जिङ तामाङलाई उम्मेदवार खडा गरेको छ । उहाँहरू जनताको घरदैलो कार्यक्रमअन्तर्गत गाउँ दौडाहामा व्यस्त हुनुहुन्छ ।

यस्तै राप्रपाका तर्फबाट धैबुङ कटुन्जेका टीकाप्रसाद देवकोटा, नेमकिपाबाट रामेश्वर वासी, मङ्गोल नेशनल अर्गनाइजेशनमा लहरेपौवा–४ का विकास गलान, जन समाजवादी पार्टी नेपालबाट सिर्जना सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मीननाथ देवकोटासमेतका सात राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

राप्रपाले स्थानीय हावापानी सुहाउँदो अर्ग्यानिक कृषि उपज बढाउने, मलखादको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने, अपाङ्गता भएका र दीर्घकालीन रोग भएका नागरिकको निःशुल्क उपचार गर्ने, समुन्नत रसुवा निर्माणका लागि जनताको टट्कारो आवश्यकता पहिचान गर्ने गरी जनहितकारी कार्य सञ्चालन गर्ने जनाएको छ । 

अन्य उम्मेदवार पाटीखर्कका लीलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुन्चेका कार्सा वाङ्दी तामाङ रहनुभएको छ । स्वतन्त्र उम्मेदवार न्यौपानेले ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई मासिक रूपमा स्वास्थ्य परीक्षण गर्ने, सम्भावना बोकेका सबै क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, अधिकांश हिमाली बस्तीमा होमस्टे सञ्चालन गराउने, युवाका लागि रोजगारको व्यवस्थापकीय कार्य गर्ने, रसुवामा उत्पादित कृषि उपजलाई ढुवानी एवं बजार व्यवस्थापन गर्ने, धार्मिक एवं ऐतिहासिक स्थलको संरक्षण गर्ने, शिक्षा स्वास्थ्य एवं शिक्षालाई गुणस्तरीय बनाउनेजस्ता विविध विषयको चुनावी नारा अघि सार्नुभएको छ ।

अर्का स्वतन्त्र उम्मेदवार  पौडेलले विद्युत्, स्वास्थ्य र शिक्षालाई निःशुल्क गराउने, रोजगारको व्यवस्थापन गराउने, समुन्नत समाजको लागि असल कामको थालनी गराउनेजस्ता धेरै विषय उद्घोष गर्नुभएको छ । खुला रूपको आमसभाभन्दा घरदैलो कार्यक्रमले आत्मीयता बढ्न गई विपक्षलाई पनि एक मत दिउँदिउँ भन्ने भावनाको जागरण बढ्ने विगतका निर्वाचनले पाठ सिकाएका कारण उम्मेदवारलाई मतदातासँग प्रत्यक्ष भेट गराई चुनावी माहोल अगाडि बढाइएको पार्टी जिल्ला अध्यक्षले बताएका छन् ।

प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका उम्मेदवारसमेत एकसाथ मत माग्न हिँड्ने गरेका छन् । प्रदेशसभा उम्मेदवार नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनबाट प्रदेश ९१० मा काँग्रेसको तर्फबाट सानो भार्खुका प्रभात लामा, एमालेको तर्फबाट सरमथली फाम्चेतका कुलप्रसाद भट्ट, नेमकिपाको तर्फबाट बावुकाजी माकजु, राप्रपाबाट सरमथलीका महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट कालिका–४ का जितमान तामाङ, जनसमाजवादीको तर्फबाट नौकुण्ड–२ का कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीको तर्फबाट राम्चेका पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उम्मेदवारमा गोसाइँकुण्ड–६ का सिदार वाङजेन लामा रहनुभएको छ ।

दुईवटा प्रदेश रहेको जिल्लाको प्रदेश ९२०मा भने कांग्रेस सहितको गठबन्धनबाट माओवादी केन्द्रबाट धैवुङ तल्लो धारापानीका इन्द्रप्रसाद गौतम, एमालेबाट हाकुबेँसीका तेम्व्रेल तामाङ, राप्रपाबाट लहरे उपल्लो पौवाका हरिप्रसाद घिमिरे, नेमकिपाबाट तुल्सीराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीबाट राम्चेका वाङ्जेन तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट उत्तरगया–१ का वाङ्दे घले, नेपाली कांग्रेस ९विपी०बाट बनुवाडाँडा चौकीटारका शारदाकुमार न्यौपाने र स्वतन्त्रमा आमा छोदिङ्मो–१ का चेसाङ तामाङ रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button